श्रावण १३/काठमाण्डौ
---------------------- विज्ञापन ----------------------



प्रतिनिधिसभाको बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक पेश गर्न लागिएको हो ।राष्ट्रियसभाबाट उत्पत्ति भई पारित भइसकेको विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकमा पेश हुन लागेको हो ।विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसुचीमा रहेको हो।
सुदूरपश्चिम प्रदेशको गेटामा निर्माण सम्पन्न भएपनि प्रतिष्ठान कि विश्वविद्यालय निर्माण गर्ने भनेर विवादका कारण लामो समयदेखि विश्वविद्यालय सञ्चालनको कार्य अघि बढ्न सकिरहेको थिएन। सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषदको बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। सुदूरपश्चिमका स्थानीय जनसमुदायको लामो समयको संघर्षले सरकारलाई निर्णय गर्न बाध्य पारेको थियो। चरणबद्ध संघर्षमा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले प्रतिनिधिसभाबाट छिटो विधेयक पारित गरि विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग सहित श्रावण ९ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।