'धनगढीको नोभा अस्पतालमा तनाव, प्रहरीद्वारा ३ राउण्ड अश्रुग्याँस प्रहार'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

श्रावण १२/धनगढी
धनगढीको नोभा हस्पिटलमा डाक्टरको लापरवाहीबाट कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा फुटेका छन् ।

---------------------- विज्ञापन ----------------------

तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप हुदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईते दुबैजनाको सारथी अस्पतालमा उपचार भईरहेको छ ।

जन्डिसको समस्या लिएर श्रावण ७ गते नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्यु भएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए ।सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो