'गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

श्रावण १०/धनगढी

---------------------- विज्ञापन ----------------------

कैलालीको गेटामा प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनको प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भइसकेपनि प्रतिनिधीसभामा पेश हुन नसकेको भन्दै प्रधानमन्त्रीकोध्यानाकर्षण गराइएको हो । स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संगै ६ शय शैयाको अस्पताल सञ्चालनको प्रक्रिया समेत अगाडी नबढेको भन्दै सघंर्ष समितिले प्रधानमन्त्री केपी सर्मा ओलीको ध्यानाकर्षण गराएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार  मिश्रमार्फत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ सघंर्ष समितिले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७९ साल माघ २९ गते गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार आवश्यक बजेट सहित विश्वविद्यालय बिश्वबिद्यालय स्थापनाका लागि प्रक्रिया अगाडी बढाउनमा ढिलाई भएको सघंर्ष समितिले जनाएको छ । हालसम्म ३ सय शैयाको अस्पताल सञ्चालनका साथै प्रतिनिधिसभाबाट विधेयक पारित भइसक्नुपर्नेमा अझै विधेयक पेस समेत हुन नसकेको भन्दै सघंर्ष समितिले दुख व्यक्त गरेको छ । ज्ञापनपत्र बुझाउँदै सघंर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेपनि त्यसका लागि आवश्यक पर्ने प्रक्रियामा निकै ढिलासुस्ती गरिरहेको बताए । सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेकोमा हामी एकदमै खुशी छौँ उनले भने “तर त्यसका लागि आवश्यक पर्ने प्रक्रियामध्ये ६ सय शैयाको अस्पताल चाहिन्छ, यहाँ एक बर्षदेखी सय शैयाको अस्पताल मात्रै छ, त्योपनि १० बजेदेखी ४ बजेसम्म ओपिडि मात्र सञ्चालनमा छ, हालसम्म कम्तिमा ३ सय शैयाको अस्पताल त हुनुपरथ्यो, अनि शिक्षा मन्त्रालयले प्रतिनिधिसभामा यो विधेयक नै पेस गरेको छैन, यो दुखद कुरा हो ।” नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय स्थापना बारे चासो व्यक्त गरेको कुरा सुनेको भन्दै संयोजक पाण्डेले ओलीकै कार्यकालमा विश्वविद्यालय सञ्चालन हुने विश्वास लिएकोे बताए ।

सघंर्ष समितिका सचिव धर्म सिंह कुँवरले विगतको सरकारले गरेका निर्णय वर्तमान सरकारले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । बिचमा केही काम सुस्ताएको अनुभुती भएको छ उनले भने “शिक्षा मन्त्रालयले विधेयक ल्याउन ढिलाई गरेको छ अब त्यो विधेयक तत्काल प्रतिनिधिसभामा पेस गरेर पारित गर्ने तर्फ सरकार केन्द्रित हुनुपर्छ र गेटामा कम्तिमा ३ सय शैयाको अस्पताल तत्काल सञ्चालन हुनुपर्छ ।”
यस्तै सघंर्ष समितिका सदस्य विनोद बिष्ट र लोकेन्द्र धामीलेपनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । गेटामा निर्माण भएका करोडौँका संरचना प्रयोगबिहिन भएको भन्दै ६ सय शैयाको अस्पताल सञ्चालन तर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । वर्तमान सरकारबाट ठुलो अपेक्षा गरिएकाले सुदुरपश्चिमबासीको गौरवको योजना कार्यान्वयनमा ल्याउन उनिहरुले आग्रह गरे ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो