श्रावण ७/धनगढी
नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति डोटीले ५०० बोट सुन्तला लगाएको छ। आत्मनिर्भर नेता-कार्यकर्ता ,आत्मनिर्भर पार्टीको अभियान अन्तर्गत जिल्ला पार्टीलाई आत्मनिर्भर बनाउन जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ बिठारामा ५०० बोट सुन्तला रोपेको हो। पार्टीका डोटी जिल्ला सचिवालय सदस्य दीपेन्द्र सीले उपलब्ध गराएको ७ रोपनी जग्गामा ५०० बोट सुन्तला रोपिएको हो ।
---------------------- विज्ञापन ----------------------



पार्टीलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत देशैभरि उत्पादनका काम गरीरहेको नेकपाले डोटीमा सुन्तला रोपेको डोटी इन्चार्ज बिमल सीले जानकारी दिए। तराईमा खाद्यान्न, पहाड र हिमाली क्षेत्रमा फलफूल तथा जडिबुटी रोपेर पार्टी र राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताए।