'आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

काठमाडौं। नेपाल चिकित्सक सङ्घले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको बिरोध गर्दै आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।  आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको सङ्घले जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै सङ्घले माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

---------------------- विज्ञापन ----------------------

स्राेत : Samachar Khudkilo

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो