'आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

काठमाडौं । अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ। यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको बताउँछन्  नेत्र रोग विशेषज्ञ डा. शङ्कर ठाकुर।

---------------------- विज्ञापन ----------------------

“हामीकहाँ प्राय बालबालिका तथा अधबैँसे बिरामीहरू आएका छन्। तर यो समस्या निश्चित उमेर समूहकालाई हुन्छ भन्ने होइन। यो प्रकोपको रूपमा फैलनुअघि नियन्त्रणको पाटोमा ध्यान दिनु अत्यावश्यक छ,” डा. ठाकुरले भने।

समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्।

के हो आँखा पाक्ने समस्या?

आँखा पाक्ने समस्या नेपालमा प्राय: हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै काठमाण्डूसम्म आइपुगेका छन्।

यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो। यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्छ। यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्टिभाइटिस भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ।

कन्जङ्टिभाइटिस भाइरस (जीवाणु) वा ब्याक्टेरिया (सूक्ष्म कीटाणु)मध्ये एउटाको कारण हुन्छ। ब्याक्टेरियाले हुने कन्जङ्टिभाइटिस बाह्रैमास सक्रिय रहन्छ। भाइरस कन्जङ्टिभाइटिस भने विशेषतः गर्मी महिनामा वा गर्मी सकिएर हिउँद सुरु हुने समयमा सक्रिय हुन्छ।

तराई वा गर्मी स्थानहरूबाट यसको प्रकोप सुरु हुनुले यस पटक गर्मीसँगै यो भाइरस सक्रिय भएको देखिन्छ।

यद्यपि सङ्क्रमित व्यक्तिमा भाइरस कन्जङ्टिभाइटिससँगै ब्याक्टेरिअल कन्जङ्टिभाइटिसको पनि असर पर्ने सम्भावना ज्यादा हुन्छ।

नेत्र रोग विशेषज्ञ

यी दुई कन्जङ्टिभाइटिसको तुलना गर्दा भाइरस बढी सङ्क्रामक हुन्छ। यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलन्छ। उदाहरणका लागि कोरोनाभाइरसलाई लिन सक्छौँ जुन निकै सङ्क्रामक थियो।

एडिनो भाइरसको अहिले देखिएको भेरिअन्ट निकै सङ्क्रामक छ। तर यो जति छिटो फैलन्छ त्यति नै छिटो ठीक हुने वा नष्ट हुने प्रकृतिको हुन्छ।

यसले मानिसमा एन्टिबडी विकास गर्दैन।

लक्षणहरू कस्ता देखिन्छन्?

एडिनो भाइरसको सङ्क्रमण भएपछि सुरुमा आँखा बिझाउँछ। आँखा झिम्काउँदा समेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ।

बिस्तारै आँखा रातो हुँदै जान्छ। आँखाको डिल सुन्निन थाल्छ। बिहान उठ्दा चिप्रा पर्छ। एउटा मात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ।

तर, यस भाइरसको असर आँखामा सीमित नरहन सक्छ। यसले फ्लू हुँदाका लक्षणहरू सहित मानिसको शरीरका अन्य अङ्गहरूमा पनि प्रभाव पार्छ। कतिपयलाई टाउको र घाँटी दुख्छ, ज्वरो आउँछ, कानको अगाडिको भाग सुनिनेजस्ता समस्या देखिन्छन्।

असरहरू कस्ता हुन्छन्?

आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ। निरन्तर आँसु बग्छ र कचेरा जम्छ। कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ।

भाइरस कन्जङ्टिभाइटिस मात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन। तर, यदि भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने, त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्ली मात्र नभएर नानीलाई पनि असर गर्छ। ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ। फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो।

स्राेत : Samachar Khudkilo

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो