'देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरले निःशुल्क स्वास्थ्य सेवा दिने : बालेन्द्र शाह (बालेन)'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।

---------------------- विज्ञापन ----------------------

उक्त सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा जानुपर्ने हुन्छ ।

महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने मेयर बालेनले जानकारी दिएका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् । जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निःशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने छ ।

महानगरको जनस्वास्थ्य ऐन, २०८० को दफा २८ अनुसार महानगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न असहाय र बेवारिसे नागरिकको उपचारका लागि छुट्याउनुपर्ने उल्लेख छ । यस्तै व्यवस्था नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा समेत उल्लेख छ ।

श्रोत: samacharkhudkilo

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो