काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
---------------------- विज्ञापन ----------------------



गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो ।
गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको घिसिङले बताए ।
विगत दुई वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवं वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको जनाएको छ । प्राधिकरणले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको छ ।
श्रोत: Samajbadi sandesh