राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (रास्ववियु), पोखरा, कास्कीले चार जिल्लामा आफ्नो इन्चार्ज तोकिएको छ। तोकिएका जिल्लाहरू र इन्चार्जहरू निम्न छन्:
---------------------- विज्ञापन ----------------------



1.धादिङ: सिर्जना इटनी
2.काठमाडौं: प्रतीक्षा कंडेल
3.चितवन: मन्दीप लामीछाने
4.मोरङ: लोटस दाहाल
रास्ववियुका केन्द्रीय अध्यक्ष दीपका अनुसार, सबै ७७ जिल्लामा इन्चार्ज चयन गर्ने योजना छ। इन्चार्ज चयनपछि २–४ महिनाभित्र जिल्ला सम्मेलन र पालिका सम्मेलन गर्ने लक्ष्य छ, जसले संगठनलाई राष्ट्रिय स्तरमा विस्तार गर्न मद्दत गर्नेछ। अध्यक्षले रास्ववियु कुनै पनि राजनीतिक दलको भातृ संगठन नभएको र स्वतन्त्र संगठनका रूपमा काम गरिरहेको स्पष्ट पार्नुभएको छ।
रास्ववियुले पोखराभित्र र बाहिर विभिन्न विद्यालयहरूमा निरन्तर कार्यक्रमहरू गर्दै आएको र कुनै राजनीतिक धारमा नअडिएको बताइएको छ।