पोखरा-१५ मा रहेको राष्ट्रिय परोपकार महासंघ नेपालले आफ्नो १७औं वार्षिक उत्सवलाई भव्य कार्यक्रम र भागवत महायज्ञको साथ मनाउने घोषणा गरेको छ। “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ विगत लामो समयदेखि सामाजिक सेवा र वैदिक शिक्षा प्रचारप्रसारमा समर्पित यो गुरुकुल आश्रमले विभिन्न धार्मिक र सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
---------------------- विज्ञापन ----------------------



महासंघका प्रवक्ता दीपेन्द्र ढकालका अनुसार, वार्षिक उत्सव र महायज्ञ पौष २६ देखि माघ ४ गतेसम्म महासंघको केन्द्रीय कार्यालय, पोखरा-१५ मा सम्पन्न हुनेछ। यो महायज्ञ समाजसेवा, धर्म जागरण, र धार्मिक चेतना अभिवृद्धिको उद्देश्यले आयोजना गर्न लागिएको हो।