उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षा प्रणालीलाई केवल साक्षरतासम्म सीमित नगरी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्नेमा जोड दिएका छन्। सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन्।
---------------------- विज्ञापन ----------------------



उपराष्ट्रपति यादवले बदलिँदो विश्व परिवेश र प्रविधि युगका अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र सिकाइ क्रियाकलापलाई परिष्कृत र व्यवहारिक बनाउन आवश्यक रहेको बताए। उनले समाजका सबै वर्गमा समानता र एकता को भावना जागृत गर्न र देशको समृद्धिमा सहयोग पुर्याउन शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकता पनि व्यक्त गरे।
शिक्षालाई समाजको आधारभूत स्तम्भको रूपमा चित्रित गर्दै उपराष्ट्रपति यादवले शिक्षा मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने महत्त्वपूर्ण उपकरण भएको बताएका छन्।