'युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्या‌ंक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो ।
‘माई ड्रिम पिच’ को पहिलो संस्करण फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन गरेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूका आकांक्षाहरुलाई विचार हुँदै व्यापारमा परीणत गर्ने मञ्च प्रदान गर्ने कोशिस गरेको विद्यालयको भनाइ छ ।
साथै विद्यार्थीहरूमाझ रचनात्मक सोच र उद्यमशीलताको मानसिकता विकास गर्नका साथै आफ्ना नवीन विचारहरू व्यक्त गर्न र भविष्यको उद्यमीको रूपमा आफ्नो सम्भावनाको अन्वेषण गर्न सशक्त बनाउने उद्देश्य समेत राखेको जनाइएको छ ।

---------------------- विज्ञापन ----------------------

उद्यमशीलतामा रुची भएका करीब २०० जना विद्यार्थीलाई उनीहरुको व्यवसायिक विचारलाई परिष्कृत गर्न, आवश्यक सीपहरु प्रदान गर्न ओहो केकका कार्यकारी निर्देशक (सि.ई.ओ) युवा उद्यमी सन्तोष पाण्डेले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए ।
२०० जना विद्यार्थीहरूको प्रारम्भिक समुहबाट नविनता, सम्भाव्यता र अनुकुलताका आधारमा ३५ वटा उत्कृष्ट योजनाहरुलाई थप मूल्याङ्कनका लागि पहिलो चरणमा छनोट गरिएको थियो । दोस्रो चरणमा ३५ वटा नविनतम योजनाहरु मध्येबाट अन्तिम प्रतियोगिका रुपमा १० वटा योजनाहरु छानिएको थियो । यी योजनाहरूलाई प्रख्यात युवा महिला उद्यमी जुना माथेमा, (ब्लिट्ज, सेवा सेक्युरिटीज, गोल्डेन रेसियो, एजे इन्भेष्टमेन्ट तथा कन्सल्टवनका, सह–संस्थापक) र उदीयमान उद्यमी सबिल खान, (अर्बन्सनेपालका संस्थापक÷सीईओ, केकेएफसीका फ्रान्चाइज मालिक, र ग्रीनविच इन्टरनेशनलका कार्यकारी निर्देशक) ले योजनाहरुको समीक्षा गरेका थिए ।
३ वटा छनोट चरण पन्छ्याउँदै, अन्तिम प्रतियोगीका रूपमा छनोट भएका १० उत्कृष्ट उद्यमी विचारहरूले फागुन १० गते माई ड्रिम पिचको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । अन्तिम प्रतियोगिता प्रतिस्पर्धात्मक देखियो, प्रत्येक सहभागीले आफ्ना रचनात्मकता र नवीन विचार मार्फत सम्मानित निर्णायकहरूलाई प्रभाव पार्ने प्रयास गरेका थिए । अन्नतः निर्णायक मण्डलले नविनता, सम्भाव्यता र अनुकुलताका आधारमा विजेताहरूको घोषणा गरेका थिए ।
जसअनुसार प्रथम स्थान उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजना “सफ्टिक्स” ले हात पार्यो । यस्तै दोस्रो स्थान सफल खड्गीको “मिट मि” योजनाले जित्यो भने तेस्रो स्थान निखिल ठाकुरको “बैदेही” योजनाले हात पार्यो । कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतलगायतको समेत उपस्थिति थियो ।

स्रोत : Sudur Today

पढ्न छुटाउनु भयाे कि ?

जीवनको पानाः दुःख, आशा र रमाइलोको यात्रा

बा भनेर बोलाऊने देखी बा भनेर सम्झीदा सम्मको क्षण

प्रेम: ऊतार चडावपछीको एक सुन्दर गन्तव्य

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

थप अन्य समाचारहरू

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो