संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तन र स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी दिएको छ।
---------------------- विज्ञापन ----------------------



अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई महत्त्वपूर्ण मानिएको छ। विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको तर्फबाट उल्लेख गरिएको छ कि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ता परियोजनाहरू नेपालका लागि आर्थिक वृद्धिमा योगदान गर्ने प्रमुख साधन हुन्।
अमेरिकाले न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै, हालै पारित ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको सफल कार्यान्वयनमा पनि सहयोगी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको छ। यसले पीडितहरूलाई न्याय दिलाउने दिशामा महत्त्वपूर्ण कदम उठाउन मद्दत गर्ने विश्वास गरिएको छ।