भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दसैँ, तिहार र छठ पर्वका अवसरमा “इसेवा महा-उत्सव” अन्तर्गत विशेष अफर प्रस्तुत गरेको छ। यस अफरमा, असोज १ देखि कार्तिक ३० गतेसम्म, इसेवाबाट कुनै पनि कारोबार गर्ने प्रयोगकर्ताहरू मध्य एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्।
---------------------- विज्ञापन ----------------------



अफरका प्रमुख विशेषताहरू:
- बम्पर उपहार: यस अफरमा जित्न योग्य हुनको लागि प्रयोगकर्ताले इसेवाका कुनै पनि सेवाको प्रयोग गर्नुपर्नेछ।
- iPhone 16 जित्ने अवसर: रु. १०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले iPhone 16 जित्न सक्नेछन्। यो खेल खेल्नका लागि प्रयोगकर्ताले रु. १०० तिरेको रकम मोबाइल रिचार्जको रूपमा फिर्ता पाउनेछन्।
- दैनिक र साप्ताहिक अफर:
- दैनिक अफर: हरेक दिन निर्धारित समयमा फ्ल्यास सेलमा अधिकतम छुट र क्यासब्याक पाउन सकिन्छ।
- साप्ताहिक अफर: प्रत्येक मङ्गलबार विभिन्न सेवामा विशेष छुट र क्यासब्याकको प्रस्ताव हुनेछ, जस्तै मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, बीमा भुक्तानी, आदि।
इसेवाले यस महा-उत्सवमार्फत प्रयोगकर्तालाई लाभ र उत्साह दिन चाहेको जनाएको छ