'रास्वपा राष्ट्रिय भेलामा सहकारी छानबिन समितिको प्रतिवेदनले उत्साह थप्यो'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने राष्ट्रिय भेलाको पहिलो दिन सहकारी छानबिन समितिको प्रतिवेदनले पार्टी कार्यकर्तामा उत्साह छाएको छ। मङ्गलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भन्दै प्रतिनिधिहरूले खुसी व्यक्त गरेका छन्।

---------------------- विज्ञापन ----------------------

असोज १ गते सहकारीको बचत अपचलनको प्रतिवेदन प्रस्तुत भएपछि पार्टीका कार्यकर्तामध्ये उत्साहको माहोल छाएको थियो। प्रदेश सभापतिहरूले संगठन विस्तारमा चुनौती र पुराना दलहरूको धम्कीको कुरा पनि उठाए।

उद्घाटन सत्रको क्रममा कोशी प्रदेश सभापति राजेश तिमल्सिनाले रिपोर्ट प्रस्तुत गरेपछि पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले शिशिर खनाललाई बोलाएर प्रतिवेदनको विषयमा स्पष्टता मागे।

खनालले काँक्रो चोरको उदाहरण दिँदै आरोपको सत्यता र न्यायप्रतिको कुरा उठाए। उनले चिया पसल र चोकमा गर्वका साथ सभापति लामिछानेको पक्षमा बोल्न निर्देशन दिए।

“समितिले ८७ अर्ब रुपैयाँ अपचलन भएको तथ्य फेला पारेको छ,” उनले थपे, “अब हाम्रो काम त्यो पैसा खोज्ने हो। हामी त्यो पैसा खोज्छौँ।”

उनका शब्दहरूले हलमा उत्साह र समर्थनको माहोल ल्याएको थियो, र सभापति लामिछानेले कार्यकर्तातर्फ फर्केर अभिनन्दन गरे। “रवि दाइ, हाइ हाइ” को नारा पनि सुनियो।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो