'रवि लामिछाने: राजनीति षड्यन्त्रले घेरिएको, सहकारी प्रकरण असफल, गोरखा मिडियातिर आक्रमणको आशंका'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

काठमाडौँमा मंगलबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले देशको राजनीति षड्यन्त्र र षड्यन्त्रले भरिएको आरोप लगाए। उनले भने, “देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गर्छन्, जसले गर्दा देशको समृद्धि हुन नसकेको छ।”

---------------------- विज्ञापन ----------------------

लामिछानेले आफूविरुद्ध सहकारी प्रकरण उठाइएकोमा असफलता आएपछि अब गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने संभावना व्यक्त गरे। उनले भने, “यो हल, उपस्थिति र यो भव्यता हाम्रा लागि अर्को खतराको घण्टी हो। उनीहरूले सोचेका थिए कि रास्वपा समाप्त भएको हो, तर रास्वपा अझै जीवित छ र अब यसको मूल्य हामीले तिर्नुपर्छ।”

लामिछानेले पार्टीका साथीहरूलाई हताश नगर्न र आरोपहरूको सामना गर्न तयार रहन आग्रह गरे। उनले कांग्रेसलाई संकेत गर्दै भने, “प्रमाण कस्तो हुन्छ भन्ने कुरा केन्द्रीय नेताहरू बसेको ठाउँबाट थाहा हुनेछ। सहकारीमा प्रमाण छ, प्रमाण छ भने पनि प्रमाण नभएर प्रणाम छ भनेर भनेको हो,” भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो