२५ भदौ, काठमाडौं। एप्पल कम्पनीले आफ्नो नयाँ आइफोन-१६ सिरिज सार्वजनिक गरेको छ। ९ सेप्टेम्बरको दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा भएको ‘इट्स ग्लोटाइम’ नामक समारोहमा आइफोन-१६ सिरिजका चार मोडेल (आइफोन-१६, आइफोन-१६ प्लस, आइफोन-१६ प्रो, र आइफोन-१६ प्रोम्याक्स) सार्वजनिक गरिएका छन्। यसै अवसरमा एप्पल वाच सिरिज-१०, एप्पल वाच अल्ट्रा-२, एयरपड्स-४, र एयरपड्स म्याक्स पनि प्रस्तुत गरिएका थिए।
---------------------- विज्ञापन ----------------------



आइफोन-१६ का प्रमुख विशेषताहरू :
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) :
आइफोन-१६ मा नयाँ एप्पल इन्टेलिजेन्स सिस्टम समावेश गरिएको छ, जसले टेक्स्ट, पिक्चर, र भिडियोमा सहायत पुर्याउँछ। यसले सिरीलाई अझ प्रभावकारी बनाउने दाबी गरिएको छ। यो एआई फिचर केही महिनापछि मात्र सुरू हुनेछ र प्रारम्भमा सीमित देशहरूमा बिटा संस्करणमा उपलब्ध हुनेछ।
क्यामरा कन्ट्रोल :
आइफोन-१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा नयाँ बटन राखिएको छ। यो बटनको प्रयोगबाट प्रयोगकर्ताले क्यामरा एप खोल्न, फोटो खिच्न, भिडियो बनाउन, जुम गर्न, एक्सपोजर, डेप्थ, र फिल्ड कन्ट्रोल जस्ता कार्यहरू गर्न सक्नेछन्।
एक्सन बटन :
नयाँ आइफोन-१६ सिरिजमा एक विशेष एक्सन बटन राखिएको छ, जसले प्रयोगकर्तालाई फ्ल्यास लाइट, क्यामरा, र अन्य सेटिङहरूमा सजिलै पहुँच दिन्छ।
A18 चिप :
आइफोन-१६ सिरिजमा नयाँ A18 चिप प्रयोग गरिएको छ, जसले पावर क्षमता र ब्याट्रीको लाइफमा सुधार ल्याउने कम्पनीको दाबी छ। यो चिप आइफोन-१५ मा प्रयोग भएको A16 बायोनिक चिपको तुलनामा उन्नत छ।
क्यामरा :
आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ र टेलिफोटो लेन्सको जुम क्षमतासहित आएको छ। आइफोन-१६ प्रोमा ६x जुम क्षमताको क्यामरा उपलब्ध छ।
ब्याट्री :
आइफोन-१६ ले एकपटक चार्ज गर्दा २७ घण्टा सम्म भिडियो हेर्न सकिन्छ। आइफोन-१६ प्रोले ३३ घण्टा सम्मको ब्याट्री जीवन प्रदान गर्छ।
रङ्ग र डिस्प्ले :
आइफोन-१६ र आइफोन-१६ प्लस पाँच रङ्गहरूमा उपलब्ध छन् (कालो, सेतो, गुलाबी, हल्का हरियो, र निलो)। आइफोन-१६ प्रो र प्रोम्याक्स चार रङ्गहरूमा उपलब्ध छन् (कालो, सेतो, क्रिम कलर, र हल्का सुनौलो)। आइफोन-१६ को साइज ६.१ इन्च, आइफोन-१६ प्लसको ६.७ इन्च, आइफोन-१६ प्रोको ६.३ इन्च, र आइफोन-१६ प्रोम्याक्सको ६.९ इन्च छ।
सङ्ग्रहण क्षमता :
आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी, र ५१२ जीबी)मा उपलब्ध छन्। आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी, र १ टीबी) छन्। आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी, र १ टीबी) मा उपलब्ध छमूल्य र उपलब्धता:
यी फोनका सबै मोडेलहरू १३ सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिन्छ, र अर्डर गरेको एक साताभित्र उपलब्ध गराइने दाबी कम्पनीले गरेको छ। आइफोन-१६ सिरिजका मोडेलहरूको मूल्य १ लाख २७ हजार ९०० रुपैयाँदेखि २ लाख ३२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ।
सन् २००७ मा स्टिभ जब्सले पहिलो आइफोनको सार्वजनिक गरेपछि, एप्पल कम्पनीले आइफोन लगायतका आफ्ना उत्पादनहरूको लोकप्रियता बढाउँदै आएको छ। पहिलो आइफोनको मूल्य ३९९ अमेरिकी डलर (हालको नेपाली रुपैयाँमा साढे ५३ हजार) थियो, तर अहिले एप्पल विश्वको सबैभन्दा धनी कम्पनीहरूको सूचीमा परिरहेको छ।