'अपि सैपाल सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न'

----------------------- विज्ञापन -----------------------
----------------------- विज्ञापन -----------------------

भाद्र १४/ अत्तरिया

---------------------- विज्ञापन ----------------------

अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार अत्तरियामा संस्थाको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष वसन्त रोकायाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा र गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट रहेका थिए ।

सहकारी संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ६ करोड ८६ लाख २४ हजार ६९१ रुपैया को कारोबार गरेको र संस्थाले १४ लाख १५ हजार २६० रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६६ सालमा २६ जना शेयरसदस्यबाट सञ्चालीत सहकारीमा हाल ३ हजार १५ जना शेयरसदस्यहरु रहेका छन भने संस्थाको शेयरपुँजी १ करोड ४५ लाख ६७ हजार १ सय रुपैया रहेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ५ करोड ९८ लाख ७६ हजार ९२४ रुपैया ऋण लगानी गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार संस्थामा निक्षेप बचत ४ करोड ५० लाख ६९ हजार ९९७ रुपैया, बैंक मौज्दात २७ लाख ७१ हजार ५६४ रुपैया र नगद मौज्दात ९ लाख २ हजार ३५८ रुपैया रहेको छ । संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदनराज शर्माले गरेका थिए ।

पढ्न छुटाउनु भयाे कि ?

अखिल (क्रान्तिकारी) को अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाको उमेदवारी

धादीगं समाजको आठौं साधारण सभा र अधिवेशन सम्पन्न

रास्ववियुद्वारा चार जिल्लामा ईन्चार्ज तोकीयो

“राष्ट्रीय परोपकार महासंघको १७औं वार्षिक उत्सव तथा भागवत महायज्ञ: पौष २६ देखि भव्य आरम्भ

“शिक्षालाई साक्षरतामा मात्र सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति यादव”

“मेयर साबको बैंक खातामा ०७४ देखि लगातार घुसको लेनदेन”

थप अन्य समाचारहरू

एमाले निकट अनेरास्ववियुमा उमेर हदको विवाद

सडक मर्मतमा सुधारको कमी: सडक विभागका प्रमुखको स्वीकारोक्ति

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण विवादित बन्यो